Blood Donation Program at VNVNEPAL

Blood Donation Program at VNVNEPAL

Vision & Value Overseas Pvt. Ltd. organized a blood donation program on Monday, 30th September 2024 (14th of Ashoj 2081), at its office premises, with the aim of providing essential blood for victims of the recent floods and landslides. Employees of Vision & Value, foreign employment entrepreneurs, journalists, tourism professionals, and individuals aspiring to go abroad for employment participated in the blood donation.

 

A total of 43 donors contributed blood during the three-hour event. The program was jointly inaugurated by Rajendra Bhandari, President of the Nepal Association of Foreign Employment Agencies, Padam Raj Poudel of Vision & Value Overseas Pvt. Ltd. (VNVNEPAL), and Rosy Shrestha, a representative from the Blood Donation Service Center, who presented blood bags to the donors.

 

It is worth noting that Vision & Value has been regularly organizing blood donation drives every year under its Corporate Social Responsibility (CSR) initiative. In his speech at the inauguration, Rajendra Bhandari and Rosy Shrestha emphasized that such programs help make the private sector more responsible towards society. Among the notable donors were Director of VNVNEPAL Padam Raj Poudel, Chief Operating Officer of VNVNEPAL Anil Panthi, entrepreneur Raj K.C., Sunita Bhandari, and Tara Aryal.


 

भिजन एण्ड भ्यालु ओभरसिज प्रा. लि. ले नेपालमा हालै आएको बाढी-पहिरो पिडितलाई आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले सोमबार, २०८१ असोज १४ गतेका दिन आफ्नो कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । उक्त रक्तदान कार्यक्रम भिजन एण्ड भ्यालुका कर्मचारी, वैदेशिक रोजगार व्यवसायी, पत्रकार र पर्यटन व्यवसायी तथा वैदेशिक रोजगारमा जना चाहने महानुभावहरूले रक्तदान गर्नुभयो ।

 

तीन घण्टासम्म चलेको कार्यक्रममा ४३ जना रक्दाताहरूले रक्तदान गर्नु भएको थियो । उक्त कार्यक्रम नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष राजेन्द्र भण्डारी, भिजन एण्ड भ्यालुका पदम राज पौडेल र रक्तदान सेवा केन्द्रकी प्रतिनिधि रोजी श्रेष्ठले संयुक्त रूपमा रक्तादाताहरूलाई ब्लड ब्याग दिएर उद्घाटन गर्नु भएको थियो ।

 

स्मरण रहोस्, यस अघि पनि भिजन एण्ड भ्यालुले प्रत्येक वर्ष आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम नियमित रूपमा गर्दै आएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी र रोजी श्रेष्ठले यस्ता कार्यक्रमले निजि क्षेत्रलाई समाजप्रति उत्तरदायी बनाउन मद्दत गर्ने बताउनु भयो । उक्त रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष पदम राज पौडेल, संस्थाका प्रमुख सञ्चालन अधिकृत अनिल पन्थी, व्यवसायी राज के.सी., सुनिता भण्डारी र तारा अर्याल लगायतले रक्तदान गर्नु भएको थियो । 

Share this Post